Section 74
सेवाबाट हटाउने वा बर्खास्त गर्ने
(१) देहायको कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछः–
(क) लापरबाही वा बदनियतले काम गरेमा,
(ख) कर्मचारीले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा ।
(ग) आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेमा ।
(घ) कार्यालयको समयमा बराबर मादक पदार्थको सेवन गरेमा ।
(ङ) बराबर अनुशासनहीन काम गरेमा ।
(च) राजनीतिमा भाग लिएमा ।
(छ) दफा ५३ बमोजिमको अनुशासन र आज्ञापालन नगरेको सम्बन्धमा दुईपटकभन्दा बढी नसिहत पाएमा,
(ज) बिदा स्वीकृत नगराई लगातार साठी दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।
(ज१) पदस्थापना भएको वा काज खटाइएको कार्यालयमा हाजिर भई काम नगरेमा,
(झ) दफा ३५ बमोजिम निर्धारित अवधिभर सेवा नगरेमा ।
(२)देहायको कुनै अवस्थामा कर्मचारीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ ः–
(क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएमा ।
(ख) भ्रष्टाचार गरेमा ।